काठमाडौं — काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ३० वर्ष सेवा गरेका लोकनाथ चुडाल हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष बनेका छन्।
चुडालले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको अत्याचार सहन नसकेर २०७९ पुसमा राजीनामा दिएको दाबी गरेका छन्।
चुडालको हर्क साम्पाङसँग चार महिनाअघि काठमाडौंमा पहिलो भेट भएको थियो। भेटपछि निरन्तर सम्पर्क भएपछि साम्पाङले नै उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।
राजनीतिमा प्रवेशको कारण बताउँदै चुडालले विदेशी हस्तक्षेप, एमसिसी र ‘डॉलराइजेसन’ मार्फत नेपाल ‘आधुनिक उपनिवेशवाद’ तर्फ धकेलिएको आरोप लगाए।
बालेन शाहप्रति असन्तुष्टि जनाउँदै उनले भने,
“बालेनको टिम आर्थिक हिसाबले सही छैन, धेरै कर्मचारी जेल जान सक्छन्।”
चुडालले आफू पहिले माले/एमाले र माओवादीसँग विभिन्न समयमा नजिक भएको तर पछिल्ला वर्ष स्वतन्त्र बसेको बताए।
उनका अनुसार श्रम संस्कृति पार्टीको मुख्य लक्ष्य सामूहिक कृषि उत्पादन, श्रम संस्कृतिको प्रवर्द्धन र विदेशी निर्भरता अन्त्य गर्नु हो।