उज्यालो नेपालको नायक कुलमान घिसिङ फागुन १५ मा नुवाकोट आउँदै

नुवाकोट, फागुन १५ — उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा सुशासन, समृद्धि र सामाजिक न्यायका प्रतिवद्ध नेता कुलमान घिसिङ ज्यू फागुन १५ गते नुवाकोट आउँदै हुनुहुन्छ।

पार्टीले यस अवसरमा जिल्लाका विभिन्न स्थानमा स्वागत, भेटघाट र जनसम्पर्क कार्यक्रम तय गरेको छ। कार्यक्रममा सहभागी हुन इच्छुक स्थानीयवासीलाई पार्टीले “गफ होइन, काम; भाषण होइन, परिणाम” को सन्देशसहित उज्यालो भविष्यका लागि साथ दिन आह्वान गरेको छ।

कार्यक्रम तालिका:

  • बिहान १:०० बजे – बेत्रावती–कोलनी क्षेत्रमा स्वागत तथा भेटघाट

  • दिउँसो २:३०–३:०० बजे – लिखु पुल–चौघडा क्षेत्रमा जनभेटघाट

  • दिउँसो ३:२०–३:५० बजे – खरानीटार–कोशाकोट–सातबिसे–बाह्रबिसे–समुद्रटारमा अन्तरक्रिया

  • साँझ ४:३०–५:५० बजे – समुद्रटार–सातबिसे–हाईड्रोपावर–ठूलीटोल–बर्खेतोल (मार्ग आवश्यकताअनुसार परिवर्तन सम्भव)

  • साँझ ५:३०–६:०० बजे – पत्रकार भेटघाट

  • साँझ ६:३० बजे – सिक्रे पुल हुँदै काठमाडौँ फर्किने कार्यक्रम

नुवाकोटमा बढ्दो राजनीतिक सरगर्मीबीच, यस कार्यक्रमलाई स्थानीय जनसमुदायले विशेष महत्व दिएको छ।

kulman ghising
Comments (0)
Add Comment