नुवाकोट- मिति २०८३ साल जेठ १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ककनी गाउँपालिकाको प्रथम पालिका अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट रोजिन लामाको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ पालिका समिति चयन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूचना तथा सञ्चार मन्त्री विक्रम तिमलसेना सहभागी भएका थिए भने केन्द्रीय सदस्य रामकृष्ण भट्टराई लगायतका नेताहरूले सम्बोधन गर्दै पार्टी सुदृढीकरण, सुशासन र विकासप्रतिको प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनबाट ककनी गाउँपालिका समितिका पदाधिकारी तथा सदस्यहरू, साथै जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू समेत निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:
सभापति: रोजिन लामा
उपसभापति: गणेश लामिछाने
सचिव: सुमित्रा बिडारी
सह–सचिव: विजेन्द्र लामिछाने
सदस्यहरू:
रोजीना श्रेष्ठ, रमेश भट्ट, सूर्यबहादुर लामा, रोहन हुमागाई, सन्तोष भण्डारी
जिल्ला प्रतिनिधि:
ईश्वरप्रसाद ढुंगाना, दिपेश ढुंगाना, संगीता बलामी, शिशिर फुयाल
प्रदेश प्रतिनिधि:
रामहरि बस्नेत
केन्द्रीय महाधिवेशन प्रतिनिधि:
रामचन्द्र ढुंगाना
निर्वाचन मण्डल:
संयोजक – सुफल थपलिया
सदस्य – राजुप्रसाद लामिछाने, शरण महत
अधिवेशनले ककनीमा पार्टी संगठनलाई अझ सुदृढ बनाउने, स्थानीय तहमा जनउत्तरदायी नेतृत्व विकास गर्ने र आगामी राजनीतिक यात्रालाई थप गतिशील बनाउने विश्वास लिएको छ।