कमाण्ड हस्तान्तरणसँगै प्रहरी प्रधान कार्यालय नक्साल सरुवा भएका एसपी पुरीलाई बिदाइ गरिएको थियो। कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले पुरीको कार्यकालको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।
वक्ताहरूले एसपी पुरीले चितवनमा रहँदा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा प्रहरी–नागरिक सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए।
यसैबीच, नयाँ प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका एसपी पौडेललाई कार्यक्रममा स्वागत गरिएको थियो। सहभागीहरूले उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
पदभार ग्रहणपछि एसपी पौडेलले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकको जिउधनको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले कार्यसम्पादन र नतिजाका आधारमा प्रहरी कर्मचारीको मूल्यांकन गरिने स्पष्ट पार्दै संगठनभित्र व्यावसायिकता, अनुशासन र जिम्मेवारीलाई थप मजबुत बनाइने बताए।