“झाँक्री प्रकाश भुजेल दुई लाख धरौटीमा रिहा”

“झाँक्री प्रकाश भुजेल दुई लाख धरौटीमा रिहा”

काठमाडौं। उच्च अदालत पाटनले झाँक्री प्रकाश भुजेललाई दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। भुजेलले धरौटी बुझाएर थुनामुक्त भएका छन्।

गत कात्तिक २८ मा काठमाडौंको ब्रम्हखेलमा भुजेलले चलाएको जिपले नारायण नगरकोटी र उनकी पत्नी सानुमायालाई ठक्कर दिएको थियो, जसका कारण उनीहरूको मृत्यु भएको थियो। यस घटनामा आरोपित भुजेललाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो।

उच्च अदालतको आदेशपछि भुजेल धरौटीमा रिहा भएका छन्।

Comments (0)
Add Comment