दुप्चेश्वर मन्दिर अगाडिको बस पार्क भत्काइएपछि विवाद, अध्यक्ष थापामाथि स्वार्थको आरोप

नुवाकोट — दुप्चेश्वर गाउँपालिका–स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुप्चेश्वर मन्दिर अगाडि निर्माण गरिएको बस पार्क भत्काइएपछि स्थानीय तहमा चर्को विवाद उत्पन्न भएको छ।

उक्त निर्णयमा गाउँपालिका अध्यक्ष शकर बहादुर थापाले पदको दुरुपयोग गरेको आरोप स्थानीयवासी तथा सरोकारवालाहरूले लगाएका छन्।

स्थानीयका अनुसार अध्यक्ष थापाको हिरारत्न हाइड्रोपावरमा सेयर लगानी रहेको र सोही स्वार्थका कारण सार्वजनिक प्रयोजनका लागि निर्माण गरिएको बस पार्क हटाउन लगाइएको दाबी गरिएको छ।

बस पार्क भत्काइएपछि मन्दिर दर्शनका लागि आउने श्रद्धालु, यात्री तथा स्थानीय व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

स्थानीय व्यवसायीहरू भन्छन्, “बस पार्कले मन्दिर क्षेत्रमा आवागमन सहज बनाएको थियो। कुनै वैकल्पिक व्यवस्था नगरी भत्काइनु जनताको हितविपरीत छ।

उनीहरूका अनुसार निर्णय प्रक्रिया अपारदर्शी रहनुका साथै जनप्रतिनिधिबाट सार्वजनिक सरोकारका विषयमा स्वार्थ जोडिनु गम्भीर विषय हो।

यस विषयमा गाउँपालिका अध्यक्ष शकर बहादुर थापाको पक्ष लिन खोज्दा प्रतिक्रिया प्राप्त हुन सकेन। यद्यपि गाउँपालिका स्रोतले भने

विकास योजनाहरू दीर्घकालीन सोचका आधारमा अघि बढाइएको दाबी गरेको छ। स्थानीय नागरिक समाज र केही जनप्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सार्वजनिक सम्पत्ति र

धार्मिक स्थलसँग जोडिएको विषयमा पारदर्शिता र जवाफदेहिता अनिवार्य हुनुपर्ने बताएका छन्। दुप्चेश्वर मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिले महत्वपूर्ण मानिन्छ।

यस्तो संवेदनशील क्षेत्रमा लिइने निर्णयले जनभावना र सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्ने आवाज स्थानीयस्तरमा झन् बलियो बन्दै गएको छ।

Comments (0)
Add Comment