ककनी, नुवाकोट —
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ककनी गाउँपालिका कमिटीले आज रानीपौवामा शक्तिशाली जनप्रदर्शन गरेको छ। ‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’ र ‘विदेशी दलाल होसियार’ का नारा गुञ्जिएका यो प्रदर्शनमा गाउँपालिकाका सबै एमाले नेताहरू, कार्यकर्ता र जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
र्यालीमा सहभागीहरूले विदेशी स्वार्थका भरमा राष्ट्रिय हितमाथि चोट पुर्याउने शक्ति र षड्यन्त्रकारी गतिविधिको विरोध गर्दै देशभक्ति र जनताको एकताको पक्षमा आवाज उठाए।
नेताहरूले अहिलेको राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वाभिमान, आर्थिक स्वाधीनता र विकासको एजेन्डा लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
ककनी गाउँपालिकाका सबै वडाबाट आएका कार्यकर्ताले पार्टीको बलियो संगठन र जनसमर्थनको प्रदर्शन गरेका थिए। र्यालीले रानीपौवाको बजार परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।