प्रधानमन्त्री कार्कीले बालुवाटार खाली गरिन्, निजी निवास धापासी सारिसकिन्

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट आफ्नो अधिकांश सामान निजी निवास धापासी सारिसकेकी छन्। चैत १३ मा राष्ट्रपति भवनमा नयाँ प्रधानमन्त्रीलाई स्वागत गरेपछि उनी स्वतः पदमुक्त हुने भएकाले बालुवाटारबाट निजीतर्फ सर्न थालेको हो।

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, बालुवाटारमा केवल दुई–तीन दिनका लागि आवश्यक सामान मात्रै बाँकी राखिएको छ र चैत १३ मै धापासीमा पूर्ण रूपमा सर्ने तयारी छ। उनले भनिन्, “सामान सार्न सुरु गरेको एक हप्ता भइसकेको छ। नयाँ प्रधानमन्त्रीले शपथ लिएसँगै सीधै बालुवाटारमा जान चाहे पनि निवास पूर्णतः खाली भइसकेको हुनेछ।”

धापासीस्थित निजी घर केही महिनादेखि खालि रहेकाले फोहोर जमेको थियो। एक हप्ता लगाएर सफा गरिएको उक्त घर अहिलेसम्म बस्न योग्य भइसकेको रावलले बताए। प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी पनि बालुवाटारमै बस्दै आएका छन्। घर सफा गर्ने र सामान मिलाउने कामका लागि विगत एक हप्तादेखि धापासी–बालुवाटार ओहोरदोहोर भइरहेकाले, अब बालुवाटार पूर्णतः खाली हुँदैछ।

pm sushila karkisushila karki
Comments (0)
Add Comment