🔥धनगढीमा महेश बस्नेत पुग्दा तानाव : Gen-Z प्रदर्शनकारीमाथि युवा संघको आक्रमण, केही घाइते

धनगढी — आज एमाले नेता महेश बस्नेत धनगढी पुगेसँगै शहरमा अचानक तानाव बढ्यो। बस्नेतको टोली र Gen-Z प्रदर्शनकारी आमनेसामने भएपछि स्थिति बिग्रियो। घटनास्थलमा उपस्थित युवा संघका कार्यकर्ताले प्रदर्शनकारीतर्फ धक्का–मुक्का र लठ्ठीसमेत चलाएको भिडियो अहिले सामाजिक सञ्जालभरि ट्रेन्ड बनिरहेको छ।

Gen-Z समूहले “हामी जनताको प्रश्न बोकेर आएका हौँ” भन्दै शान्तिपूर्ण बिरोध गरिरहेका बेला युवा संघका केही कार्यकर्ता भिडमा छिरेर पोस्टर च्यात्ने, धकेल्ने र कुटपिट गर्ने दृश्य खुलेआम देखियो। स्थानीयहरूका अनुसार “राजनीतिलाई जनताको आवाजसँग लड्नै पर्ने यस्तो दृश्य पहिले देखिएको थिएन।”

घटनामा केही प्रदर्शनकारी घाइते भएका पुष्टि भए पनि विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले दुबै समूहमाथि नियन्त्रणका लागि बीचमै हस्तक्षेप गरेको छ तर राजनीतिक समूहबीचको तनावले शहरको माहोल नै तातिएको छ।

यस घटनाले एउटा प्रश्न उठाएको छ—
राजनीतिक नेताको आगमन जनताको प्रश्न सुन्ने अवसर हो कि शक्ति प्रदर्शन गर्ने मैदान ?

धनगढीले आज जुन दृश्य देख्यो, त्यो नेपाली राजनीति कुन दिशातिर गईरहेको छ भन्ने गम्भीर संकेत हो।

Comments (0)
Add Comment