नुवाकोट- सशस्त्र प्रहरी बल यु.एन शान्ती स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटले २४ औ स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा शान्तिको प्रतीकको रुपमा चिनिने सेतो जोडी परेवा उडाएर कार्यक्रमको उद्घघाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महानिरीक्षक राजु अर्यालले संगठनलाई निरन्तर समन्वय र सहकार्यका साथ राष्ट्रसेवाको अबिरल यात्रामा अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नुहुने अग्रज नेतृत्व तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै उनिहरुको साथ र सहयोगको श्रृखंला भविष्यमा समेत जारी रहने विश्वास व्यक्त गर्नु भयो । सकल दर्जाका राष्ट्र सेवक कर्मचारीहरुलाई शिक्षालयको २४ औं स्थापना दिवस र नयाँ वर्षको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा पेशागत तथा व्यवसायिक प्रतियोगितामा सर्वोत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रशंसा–पत्रद्वारा सम्मान समेत गरिएको थियो । शिक्षालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार सहित प्रशंसा–पत्र वितरण, विशिष्ट अधिकृत तथा महिला संघका पदाधिकारीहरुलाई सम्मान, शिक्षालयका पूर्व समादेशकहरु, पूर्व कर्मचारीहरु तथा शिक्षालयलाई सहयोग गर्ने विभिन्न संघसस्था र व्यक्तिहरुलाई दोसल्ला ओडाई प्रशंसा–पत्र सहित सम्मान, शिक्षालयको विभिन्न गतिविधिहरु झल्कने पुस्तक लोकार्पणका साथै व्यवसायिकता सम्बन्धि प्रर्दशन, इकाईको संस्कार, राष्ट्रिय गित तथा स्थानीय संस्कृति झल्किने विविध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।
यसै अवसरमा स्थानीय Explore Kakani, बुद्ब न्यूनि समूह ककनी र कुले महिला लघु उद्यमी कृषि समुहका प्रमुख तथा प्रतिनिधिहरुले शिक्षालयको पूर्व समादेशक हुदै सशस्त्र प्रहरी बल, नेपालको संगठन प्रमुख हुँदा सम्म राष्ट्र तथा जनतामा शान्ति सुरक्षा कायम गर्न पु¥याउनु भएको उत्कृष्ट योगदान स्वरुप प्रमुख अतिथिलाई सम्मान गरी सम्मान पत्र प्रदान गरिएको छ ।
उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुको नामावली :
स.प्र.उ.रवि केसी, स.प्र.ना.उ.विनोद थापा, स.प्र.नि.अरुण भण्डारी, स.प्र.स.नि.दिपक रानामगर,स.प्र.ब.ह.भोजबहादुर बोहरा, स.प्र.ह. नवराज खड्का, स.प्र.ह. श्यामराज सिटौला, स.प्र.स.ह. पवनबहादुर शाही, स.प्र.स.ह रमेश भडेल, स.प्र.स.ह दिपक थापा, स.प्र.ज.लक्ष्मी तामाङ्ग, स.प्र.ज.सन्तोष खतिवडा, स.प्र.ज. ओमकुमारी घिसिङ्ग, स.प्र.ज. सुनिल शाक्य, स.प्र.ज.चुडाबहादुर तामाङ्गलाई सम्मान गरिएको छ ।
तालिम शिक्षालयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने संघ संस्था तथा व्यक्तिहरु :
ककनी गाउँपालीका, ककनी गाउँपालिका ५ का वडा अध्यक्ष वुद्धराज लामा, नार्कोनन नेपाल, ककनीका प्रमुख बसन्तराज कुँवर, अन्तराष्ट्रिय स्काउट केन्द्र ककनी, नुवाकोटका भरत तामाङ्ग, हिमालय भ्यु गेष्ट हाउस ककनीका कुमार लामा, मोतिदान कन्स्ट्रक्सन प्रा.लि.का शिवकुमार बोहरा, अनमोल सप्लायर्स रानीपौवाका अशोक लामा, ज्योति विकास वैंक रानीपौवाका प्रवन्ध निर्देशक विष्णु मरासैनी, स्थानीय समाजसेवी विष्णुबहादुर गुरुङ्ग, Explore ककनीका श्यामकुमार लामा, जगरे निर्माण सेवाका क्षेत्रबहादुर तामाङ्ग, रेडियो जालपाका समाचारदाता पूण्य प्रभा ढुङ्गाना, प्रभु महालक्ष्मी लाईफ ईन्सुरेन्स लिमिटेडका डा. योगेन्द्र खतिवडा, बुद्ध निउनी समुह शोभा लामा, कुले महिला कृषि समुह रोजि लामा, स्थानीय कलाकार (नित्य) तर्फ डोल्मा लामा र विनिता तामाङलाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी लगायत ककनी गाउँपालिका स्थानिय र सम्पुर्ण उपस्थित पाहुनाहरुलाई स.प्र बल नेपाल यु.एन. शान्ति स्थापना तालिम शिक्षालयका स.प्र. वरिष्ठ उपरीक्षक समादेशक राजेन्द्र खड्काले नयाँ वर्षको शुभकामना सहित धन्यवाद दिनुभएको छ ।
विगतमा यस शिक्षालयले सामाजिक कार्य अन्तरगत काउले ककनी सडकमा सार्वजनिक धारो निर्माण, पासाङ ल्हामु राजमार्गमा जोडिएको मेन सडकमा ३ कोठे सार्वजनिक शैचालय निर्माण, स्थानिय विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरि, सरोकारवाला र स्थानीयहरुको समन्वयमा विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सुवोध अधिकारी, गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर, अबकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक इन्द्र बहादुर आले, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयका केन्द्रिय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, मजकुर सशस्त्र प्रहरी बल प्रधान कार्यालयका वरिष्ठ तथा सिनियर अधिकृतहरु, मजकुर राष्ट्रिय स.प्र.बल प्रशिक्षण प्रतिष्ठानका निर्देशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तेज प्रसाद पोखरेल, ककनी गाउँपालिकाका उपाध्यक्ष मिठुमायाँ लामा, बिरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्र पाँचखालका प्रमुख सेनानी सुजन गुरुङ्ग, नेपाल सरकारका विभिन्न कार्यालयहरु, सुरक्षा निकाय तथा अन्य बिभिन्न सरकारी तथा गैह्र–सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, ककनी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो
समाचार :- पुण्य प्रभा ढुंगाना