ककनीमा वडा कार्यालय भवन शिलान्यास: मेयर महर्जनको प्रतिबद्धता—“फोहोर समस्यामा ककनीसँगै उभिन्छु Read more
छुट्टीको दिन पनि मैदानमै मन्त्री बाब्लु गुप्ता लैनचौरको फुटसल मैदानमा युवासँगै खेल्दै ‘कार्यक्रम होइन, व्यवहारबाट सन्देश’ Read more
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका छन् । अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिन समेत अनुरोध गरिएको छ । आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोध सहितको पत्र बुझाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । Read more