काठमाडौँ, जेठ ३ –
‘द च्याम्पियनसिप तेक्वान्दो डोजाङ्ग ’ काठमाडौँ महानगरपालिका–१६, बालाजु खरिवोटमा ग्रेडिङ तथा सम्मान कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ। तेक्वान्दो मार्फत अनुशासन, आत्मबल र व्यक्तित्व विकासमा जोड दिइएको यस कार्यक्रममा विभिन्न तहका खेलाडीहरूको ग्रेडिङ परीक्षा र उत्कृष्ट प्रदर्शन कर्ताहरूको सम्मान गरिएको थियो।
कार्यक्रम २०८२ जेठ ३ गते बिहान ७ बजेदेखि दिउँसो १ बजे सम्म डोजाङ्गको कार्यालय शुभकामना टोल, काठमाडौँ–१६ मा सम्पन्न भएको हो।
✨ विशिष्ट उपस्थिति:
प्रमुख अतिथि: प्रहरी नायब उपरीक्षक (DSP) ज्ञानबहादुर बिष्ट, प्रहरी वृत्त बालाजु
विशेष अतिथि: दाशु गिरी, अध्यक्ष – शुभकामना टोल सुधार समिति
अतिथि:
नारायण श्रेष्ठ, अध्यक्ष – सानो भर्याङ हाउजिङ तथा सञ्चालक – मुक्तिनाथ विकास बैंक
फिरोज श्रेष्ठ, उपाध्यक्ष – तारकेश्वर नगर खेलकुद कमिटी तथा प्रमुख – गुजेश्वरी तेक्वान्दो डोजाङ्ग
🥋 कार्यक्रम नेतृत्व:
-
सभापति: प्रदिप आले मगर, प्रमुख प्रशिक्षक
-
ग्रेडिङ परीक्षक: सञ्जीव ओझा, 13th SAFF Champion (गोल्ड मेडलिस्ट), राष्ट्रिय पुम्से प्रशिक्षक
-
सञ्चालक: सुमन श्रेष्ठ, सचिव – द च्याम्पियनसिप टेक्वान्डो डोजो
-
सहायक संयोजक: प्रशिक्षक डम्बरबहादुर मगर (दिनेश)
🏅 सम्मानित खेलाडीहरू:
✅ सेकेन्ड डान प्राप्त:
अविप्सा लामा
युवक थापा मगर
✅ ब्ल्याकबेल्ट प्राप्त:
सुबिन श्रेष्ठ
जुन्साङ्ग लामा
सिम्रन गुरुङ
सुनिता घले
अविक देवकोटा
फुर्साङ लामा
बियोग गुरुङ
इसान रानाभात
आशिष थापा मगर
प्राप्ती श्रेष्ठ
कृष्ण राई
स्वस्तिका गुरुङ
अमृत लामा
🎯 ग्रेडिङ र डबल प्रमोसन:
कार्यक्रम अन्तर्गत जुनियर वाइट बेल्टदेखि सीनियर ब्ल्याक बेल्टसम्मका विभिन्न तहका खेलाडीहरूले ग्रेडिङ परीक्षा दिएका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा डबल प्रमोसन पाउने खेलाडीहरू:
एसथर भुसाल
निसम थापा मगर
जिज्ञासा ठकुरी शाही
अनुभ गुरुङ
🏆 सबैभन्दा अनुशासित खेलाडी (Most Disciplined):
पुरुष तर्फ: देभान्स खड्का
महिला तर्फ: जेसिका केसी
कार्यक्रमले टेक्वान्डो खेललाई केवल खेलको रूपमा नभई, अनुशासन, सम्मान र नेतृत्व विकासको माध्यमको रूपमा उजागर गरेको थियो। डोजोका प्रशिक्षकहरू र अतिथिहरूले युवा खेलाडीहरूलाई निरन्तर मेहनत, संयम र समर्पणको बाटो समात्न प्रेरणा दिएका थिए।