नुवाकोट, बिहीबार — Golden Community को आयोजना र शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास समन्वय इकाइ तथा स्थानीय तहहरूको सहकार्यमा ‘Bridging Gaps and Scaling up School Readiness Program for Child, Parent-Teacher Triad in Nepal’ परियोजनाअन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।
शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरीशंकर पाण्डेले प्रारम्भिक बाल विकाससम्बन्धी नेपालको संविधान, राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा नियमावलीमा समेटिएका विषयहरूबारे स्पष्ट जानकारी दिएका थिए।
कार्यक्रममा Golden Community का वरिष्ठ शिक्षा संयोजक नेत्रलाल सुनारले परियोजनाका मुख्य क्रियाकलापहरू, जस्तै जिल्ला स्तरीय अभिमुखिकरण, तालिम पुस्तिका विकास तथा अनुकूलन, ECD शिक्षक तालिम, अनुगमन र मूल्याङ्कनसम्बन्धी पक्षहरूबारे जानकारी गराए। त्यस्तै, फिल्ड अपरेसन म्यानेजर हनि मल्लले EN-REACH अभिभावक सहजीकरणको लागि तयारी गरिएका पुस्तिकाको प्रयोग तथा अनुकूलनका पक्षहरूबारे बताए।
शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले बाल विकासमा शैक्षिक सुधार ल्याउन स्रोत साधनको अभाव मुख्य चुनौती भएको भन्दै संघ–संस्थाहरूको सहकार्य अपरिहार्य रहेको बताए। उनले प्रारम्भिक बाल विकास शिक्षामा भौतिक पूर्वाधार मजबुत बनाउनुपर्नेमा जोड दिँदै, “कार्यक्रम ल्याएर मात्र होइन, विद्यालयमा रहेका समस्याहरूको सही समाधान गरी कार्यक्रम सफल बनाउनुपर्ने” सुझाव समेत दिए।
\
Golden Community की प्रबन्ध निर्देशक रेजिना गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रारम्भिक बाल विकास (ECD) मा आवश्यक तालिम तथा स्रोत सामग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन्।
कार्यक्रममा ककनी, तार्केश्वर, शिवपुरी र पञ्चकन्या गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृतहरू, छनोटमा परेका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। यस्तै, ग्रामीण भेगका ECD शिक्षकहरूसँग अलग–अलग चुनौतीहरू रहेको भन्दै विद्यालयका प्रधानाध्यापकहरूले आफ्नो गुनासो पनि राखेका थिए।
— प्रभा ढुंगाना ‘पल्लवी’, संवाददाता