ककनी, असार १२ गते —
हिजो राति परेको अविरल वर्षाले काकानी गाउँपालिका–१ कागती गाउँमा ठूलो क्षति पुर्याएको छ। भारी वर्षापछि आएको बाढीले ६/७ वटा घर र गोठ बगाएको छ। बाढीले गाई, भैंसी, बाख्रा, कुखुरा जस्ता घरपालुवा जनावरहरू पनि बगाएको स्थानीयहरूले जानकारी दिएका छन्।
😢 सुतिरहेका श्रीमान–श्रीमतीलाई बाढीले बगायो
घटना अझै दर्दनाक बन्न पुगेको छ जब स्थानीय अशोक बालामी (करिब ३३/३४ वर्ष) र उनकी श्रीमती कमला बालामी (अन्दाजी ३२ वर्ष) लाई बाढीले सुतिरहेको अवस्थामा नै बगायो।
स्थानीय किरण बालामीका अनुसार, बाढी राति एक्कासी पसेको थियो। त्यतिबेला धेरैजसो बासिन्दा निदाइरहेका थिए। बाढीको बहाव यति तीव्र थियो कि मान्छे बोल्न नपाउँदै बगाइसक्यो।
बाढीले बगाएका अशोक बालामी घाइटे खोला किनारमा भेटिएको पुष्टि भएको छ। तर कमला बालामी अझै बेपत्ता छिन्। घटनास्थल वरिपरि खोजी कार्य स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा निरन्तर जारी छ।
📸 दृश्य र स्थानीयको बयानका केही अंश:
स्थानीयहरू भन्छन् —
“यस्तो बाढी कागती गाउँमा अहिलेसम्म कहिल्यै देखिएको थिएन। रातारात गाउँ शोकमा डुबेको छ।”
कसैले कल्पना नगरेको अवस्थामा सुतिरहेका युवदम्पती माथि यति ठूलो विपत्ति आइलाग्दा, गाउँ शोकमा छ। कमलाको अवस्था अझै अज्ञात हुँदा परिवार र आफन्तहरू अझ पीडामा छन्।
📢 थप जानकारी, भिडियो क्लिप र खोजी कार्यको अपडेटका लागि:
👉 Kakani Media YouTube Channel
👉 Kakani Media Facebook Page
ककनी मिडियाका लागि रिपोर्टिङ —