नुवाकोट बेलकोटका किसानहरू धान काट्न र भित्र्याउन व्यस्त : मौसम र बजारको अनिश्चितताबीच किसान मारमा Read more
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका छन् । अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिन समेत अनुरोध गरिएको छ । आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोध सहितको पत्र बुझाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । Read more
नेकपा एमाले ककनी गाउँपालिका कमिटीद्वारा आयोजित जनप्रदर्शन : “विदेशी दलाल होसियार” को नारा गुञ्जियो रानीपौवामा ककनी — नेकपा (एमाले) ककनी गाउँपालिका कमिटीले आज रानीपौवामा बृहद् जनप्रदर्शन गरेको छ। “जनताको बहुदलीय जनवाद जिन्दाबाद” र “विदेशी दलाल होसियार” जस्ता नारासहितको प्रदर्शनमा स्थानीय कार्यकर्ता, जनप्रतिनिधि र एमाले समर्थकहरूको उल्लेख्य सहभागिता देखियो। कार्यक्रममा सहभागीहरूले देशभक्त शक्तिमाथि विदेशी स्वार्थका दलालहरूले चलाएको षड्यन्त्रको विरोध गर्दै राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा आवाज उठाएका थिए। उनीहरूले विदेशी हस्तक्षेप, राष्ट्रघाती सम्झौता र राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयासविरुद्ध सचेत रहन सबैलाई आग्रह गरे। एमालेका स्थानीय नेताहरूले अहिलेको परिस्थितिमा राष्ट्रिय एकता, सुशासन र विकासलाई मुख्य एजेन्डा बनाउँदै अघि बढ्नुपर्ने बताए। उनीहरूले “देश बेच्न खोज्नेहरूको विरुद्ध जनताको जागरण अनिवार्य छ” भन्दै जनताको शक्तिमाथि भरोसा गर्न आग्रह गरे। कार्यक्रमको अन्त्यमा र्याली रानीपौवाको मुख्य बजार परिक्रमा गरी शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। Read more