इलाम – इलामको देउमाई नगरपालिका–१, चमैतामा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार आज बिहान चौरीबजारतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट खसेको हो।
दुर्घटनामा देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।