काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका ब्याटर डेभिड मलानले सिजनकै पहिलो अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ग्सविरुद्धको खेलमा मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्।
उनले आफ्नो इनिङ्समा ५ चौका र ३ छक्का प्रहार गरे।
टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले १२ ओभरको खेल समाप्त हुँदा २ विकेट गुमाएर ८८ रन बनाएको थियो।