काठमाडौं – काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाहीका क्रममा गोली प्रहार गरेको हो।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।