गृह मन्त्री सुदन गुरुङले दिए राजीनामा

काठमाडौँ — गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनहरूमा उनको नाम जोडिएको शेयर प्रकरण र त्यससँग सम्बन्धित जनचासो, टिप्पणी तथा प्रश्नहरू बढ्दै गएपछि उनले नैतिकताको आधारमा पद त्यागेको घोषणा गरेका हुन्।

गुरुङले जारी गरेको वक्तव्यमा “पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास हो” भन्दै निष्पक्ष छानबिनका लागि आफू पदमा बसिरहनु उचित नहुने बताएका छन्। उनले आफूविरुद्ध उठेका विषयमा स्वतन्त्र अनुसन्धान होस् र कुनै conflict of interest नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिबाट राजीनामा दिएको स्पष्ट पारे।

उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनको सन्देशलाई पनि आत्मसात गर्दै सार्वजनिक जीवन स्वच्छ हुनुपर्नेमा जोड दिएका छन्।

वक्तव्यमा उनले “४६ जना सहिदहरूको बलिदानबाट बनेको सरकारप्रति उत्तरदायी हुनु नै आफ्नो कर्तव्य” भएको उल्लेख गर्दै नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन्।

साथै, सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गर्दै उनले आगामी दिनमा थप खुलासा हुने संकेतसमेत दिएका छन्।

👉 अब प्रश्न उठेको छ—
के यो राजीनामा केवल नैतिक दबाबको परिणाम हो, वा अझ ठूला खुलासाको संकेत?

sudan gurung
Comments (0)
Add Comment