साउन ११ मा सार्वजनिक हुँदै ‘रमता जोगी’ — रुपक लोहानीको लगानीमा शिवभक्तिका लागि विशेष प्रस्तुति

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र मानिने साउन महिनाको अवसर पारेर तयार गरिएको धार्मिक गीत ‘रमता जोगी’ आगामी साउन ११ गते सार्वजनिक हुने भएको छ। शिवभक्तिहरूको आस्था र आध्यात्मिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस गीत रुपक लोहानीको लगानीमा तयार भएको हो।

सार्वजनिक हुनुअघि नै पोस्टर र झलकमार्फत चर्चा बटुलिरहेको यो गीतले साउन महिनाको धार्मिक माहोललाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। गीतमा साधु–सन्यासीको जीवनशैली, मन्दिरमा हुने आरती, दीप प्रज्वलन तथा शिव आराधनाका दृश्यहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। विशेषगरी साउनमा भगवान शिवको व्रत बस्ने, जल चढाउने र भक्ति गर्ने परम्परालाई झल्काउने गरी भिडियो निर्माण गरिएको जनाइएको छ। यस गीतमा सुनिल छेत्री, रुपक लोहानी, प्रशान्त सुन्दास र पूर्णिमा विश्वकर्माको प्रस्तुति रहनेछ भने स्वर अशोक पाण्डेले दिएका छन्। शब्द र संगीतमार्फत शिवप्रतिको समर्पण, त्याग र आध्यात्मिक यात्राको सन्देश दिने प्रयास गरिएको निर्माण टिमले जनाएको छ। भिडियो निर्देशन सुनिल छेत्रीले गरेका हुन्, जसले धार्मिक परिवेशलाई जीवन्त ढंगले उतारेका छन्। साउन महिनाको धार्मिक महत्त्वसँगै सार्वजनिक हुन लागेको ‘रमता जोगी’ गीत शिवभक्तिहरूका लागि विशेष आकर्षण बन्ने देखिएको छ। सार्वजनिक भएपछि यो गीतले भक्तजनहरूबाट राम्रो साथ र समर्थन पाउने अपेक्षा गरिएको छ।

 

youtube link :-  https://www.youtube.com/@GSROFFICIALMUSIC

 

rupak lohani
Comments (0)
Add Comment