पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशिल गुरुङ रहेका छन् । उनी टिमुरेतर्फ जाँदै गरेका थिए ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा डलर बरामद गरेको जनाएको छ । पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।