सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने शिक्षा अधिकृत पक्राउ

ललितपुर — सार्वजनिक स्थलमा महिलासामु गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, इमाडोलस्थित सार्वजनिक स्थानमा उनले एक महिलासामु अश्लील हर्कत गरेको आरोप लागेको हो। पीडित महिलाले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।

हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Comments (0)
Add Comment