ककनीमा JCI पद हस्तान्तरण तथा सपथ ग्रहण समारोह सम्पन्न

37

ककनी, नेपाल – JCI ककनी वर्ष 2024 का अध्यक्ष प्रेमकुमारी कार्की खत्रीको नेतृत्वमा पद हस्तान्तरण तथा सपथ ग्रहण समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य जगदीश नरसिंह केसी हुनुहुन्थ्यो।

साथै, नेपाल JCI का राष्ट्रिय कार्यकारी उपाध्यक्ष कृष्ण सपकोटा, JCI नेपालका राष्ट्रिय उपाध्यक्ष दीपक अधिकारी, र JCI नेपालका Area “C” का वर्ष 2024 अध्यक्षसहित 17 जना अध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्व JCI पदाधिकारी, जनप्रतिनिधि, वडा अध्यक्ष, स्थानीय नेता, तथा अन्य स्थानीय व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
JCI अपेक्षा सुवेदीद्वारा सञ्चालित कार्यक्रम बिहान 10:30 बजे सुरु भई दिउँसो 1:30 बजे सम्पन्न भएको थियो।

कार्यक्रमका क्रममा JCI ककनीका वर्ष 2024 अध्यक्ष प्रेमकुमारी कार्कीले वर्ष 2025 अध्यक्ष सृष्टि सापकोटालाई चेन हस्तान्तरण गर्दै पदको सपथ गराउनुभयो। साथै, 11 जना नवनिर्वाचित सदस्यहरूको सपथ ग्रहण गराई नयाँ बोर्ड गठन गरियो।

कार्यक्रमको मुख्य उद्देश्य व्यक्तित्व विकास र नेतृत्व विकासमार्फत युवाहरूलाई सशक्त बनाउने रहेको छ।
कार्यक्रममा बागमती प्रदेश नेपाली कांग्रेस कार्यसमिति सदस्य रिसी कुमार तामाङको विशेष उपस्थिति रहनुले युवाहरूको नेतृत्व विकासमा थप ऊर्जा प्रदान गरेको सहभागीहरूले व्यक्त गरे।

समारोहको अन्त्यमा उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

Leave A Reply

Your email address will not be published.