किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक कारण
बालबालिकाको रिस स्वाभाविक र विकासक्रमको हिस्सा हो। उनीहरूको संज्ञानात्मक र भावनात्मक क्षमता पूर्णरूपमा विकसित नहुँदा, सानो कुरामा पनि तिनले रिसको तीव्र प्रतिक्रिया दिन सक्छन्।
मुख्य कारणहरू:
१. शारीरिक आवश्यकता अपूरो – भोक, थकान वा निद्रा नपुगेको अवस्था।
२. अपेक्षा नपुग्नु – मागेको कुरा नपाउँदा झर्को।
३. वंशाणुगत असर – बाबुआमाको व्यवहारको असर बच्चामा।
४. भावनात्मक नियन्त्रणको कमी – मस्तिष्कको ‘प्रिफ्रन्टल कोर्टेक्स’ परिपक्क नहुनु।
५. सामाजिक सिकाइ – अन्य मानिसबाट रिस गर्ने तरिका सिक्नु।
६. परिवारिक तनाव – झगडा, गालीजस्ता वातावरणले रिस बढाउनु।
७. प्रविधिको दुरुपयोग – हिंसात्मक गेम, भिडियोको असर।
मनोवैज्ञानिक आधार:
-
फ्रायड: रिस तनावबाट बच्ने संयन्त्र।
-
मास्लो: आवश्यकता नपुर्दा रिस।
-
एरिक्सन: स्वतन्त्रता रोकिँदा जिद्दीपन।
-
पियाजे: आफू केन्द्रित सोचका कारण अरूको दृष्टिकोण नबुझ्ने।
रिसको असर:
– सामाजिक सम्बन्ध बिग्रन सक्छ।
– पढाइ र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव।
– दीर्घकालीन रूपमा चिन्ता वा आक्रामक व्यवहार विकास हुन सक्छ।
व्यवस्थापन उपाय:
-
बच्चाको कुरा ध्यानपूर्वक सुन्ने।
-
उनको भावना स्वीकार्ने र सहानुभूति देखाउने।
-
आफूले नरिसाई संयमित व्यवहार देखाउने।
-
रिसको असर बुझाउने — कथा, प्रसङ्गको माध्यमबाट।
-
टिभी, मोबाइलको प्रयोगमा सीमा राख्ने।
-
बच्चालाई प्रेम, सम्मान र सुरक्षाको अनुभूति गराउने।
बालबालिकाको रिस उनीहरूको भाषा हो — ध्यान, माया र समझदारी माग्ने भाषा। त्यसलाई दबाउने होइन, बुझेर व्यवस्थापन गर्नुपर्छ। अभिभावकको सहि व्यवहार नै उनीहरूको भावनात्मक बुद्धि विकासको आधार हो।