द च्याम्पियनसिप तेक्वान्दो डोजाङ्ग ’ द्वारा ग्रेडिङ तथा सम्मान कार्यक्रम सम्पन्न

38

काठमाडौँ, जेठ ३ –
द च्याम्पियनसिप तेक्वान्दो डोजाङ्ग ’ काठमाडौँ महानगरपालिका–१६, बालाजु खरिवोटमा ग्रेडिङ तथा सम्मान कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ। तेक्वान्दो मार्फत अनुशासन, आत्मबल र व्यक्तित्व विकासमा जोड दिइएको यस कार्यक्रममा विभिन्न तहका खेलाडीहरूको ग्रेडिङ परीक्षा र उत्कृष्ट प्रदर्शन कर्ताहरूको सम्मान गरिएको थियो।

कार्यक्रम २०८२ जेठ ३ गते बिहान ७ बजेदेखि दिउँसो १ बजे सम्म डोजाङ्गको कार्यालय शुभकामना टोल, काठमाडौँ–१६ मा सम्पन्न भएको हो।

✨ विशिष्ट उपस्थिति:
प्रमुख अतिथि: प्रहरी नायब उपरीक्षक (DSP) ज्ञानबहादुर बिष्ट, प्रहरी वृत्त बालाजु

विशेष अतिथि: दाशु गिरी, अध्यक्ष – शुभकामना टोल सुधार समिति

अतिथि:

नारायण श्रेष्ठ, अध्यक्ष – सानो भर्याङ हाउजिङ तथा सञ्चालक – मुक्तिनाथ विकास बैंक

फिरोज श्रेष्ठ, उपाध्यक्ष – तारकेश्वर नगर खेलकुद कमिटी तथा प्रमुख – गुजेश्वरी तेक्वान्दो डोजाङ्ग

🥋 कार्यक्रम नेतृत्व:

  • सभापति: प्रदिप आले मगर, प्रमुख प्रशिक्षक

  • ग्रेडिङ परीक्षक: सञ्जीव ओझा, 13th SAFF Champion (गोल्ड मेडलिस्ट), राष्ट्रिय पुम्से प्रशिक्षक

  • सञ्चालक: सुमन श्रेष्ठ, सचिव – द च्याम्पियनसिप टेक्वान्डो डोजो

  • सहायक संयोजक: प्रशिक्षक डम्बरबहादुर मगर (दिनेश)

🏅 सम्मानित खेलाडीहरू:
✅ सेकेन्ड डान प्राप्त:
अविप्सा लामा

युवक थापा मगर

✅ ब्ल्याकबेल्ट प्राप्त:
सुबिन श्रेष्ठ

जुन्साङ्ग लामा

सिम्रन गुरुङ

सुनिता घले

अविक देवकोटा

फुर्साङ लामा

बियोग गुरुङ

इसान रानाभात

आशिष थापा मगर

प्राप्ती श्रेष्ठ

कृष्ण राई

स्वस्तिका गुरुङ

अमृत लामा

🎯 ग्रेडिङ र डबल प्रमोसन:
कार्यक्रम अन्तर्गत जुनियर वाइट बेल्टदेखि सीनियर ब्ल्याक बेल्टसम्मका विभिन्न तहका खेलाडीहरूले ग्रेडिङ परीक्षा दिएका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा डबल प्रमोसन पाउने खेलाडीहरू:

एसथर भुसाल

निसम थापा मगर

जिज्ञासा ठकुरी शाही

अनुभ गुरुङ

🏆 सबैभन्दा अनुशासित खेलाडी (Most Disciplined):
पुरुष तर्फ: देभान्स खड्का

महिला तर्फ: जेसिका केसी
कार्यक्रमले टेक्वान्डो खेललाई केवल खेलको रूपमा नभई, अनुशासन, सम्मान र नेतृत्व विकासको माध्यमको रूपमा उजागर गरेको थियो। डोजोका प्रशिक्षकहरू र अतिथिहरूले युवा खेलाडीहरूलाई निरन्तर मेहनत, संयम र समर्पणको बाटो समात्न प्रेरणा दिएका थिए।

Leave A Reply

Your email address will not be published.