ब्राजिलमा शक्तिशाली आँधी: ‘स्ट्याच्यु अफ लिबर्टी’को प्रतिकृति ढल्यो

47

ब्राजिल — ब्राजिलको गुआइबा सहरमा आएको शक्तिशाली आँधीका कारण ‘स्ट्याच्यु अफ लिबर्टी’को एक विशाल प्रतिकृति ढलेर टुक्रा–टुक्रा भएको छ।

सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आएको आँधीका कारण करिब ४० मिटर (११४ फिट) अग्लो मूर्ति भाँचिएको हो। उक्त मूर्ति अमेरिकाको न्युयोर्कस्थित ऐतिहासिक ‘स्ट्याच्यु अफ लिबर्टी’को प्रतिकृति थियो।

स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि मानवीय क्षति भएको छैन। मूर्ति ब्राजिलको प्रसिद्ध रिटेल कम्पनी हावन (Havan) को ठूलो स्टोरको पार्किङ क्षेत्रमा, फास्ट–फुड आउटलेट नजिकै निर्माण गरिएको थियो।

हावन कम्पनीका अनुसार मूर्तिको कुल उचाइ ११४ फिटमध्ये ७८ फिट भाग भाँचिएको छ भने ३६ फिट अग्लो आधार (प्लाटफर्म) भने सुरक्षित रहेको छ। करिब सात तले भवन बराबरको उचाइ रहेको यो मूर्ति पार्किङ क्षेत्रको प्रमुख आकर्षणका रूपमा परिचित थियो।

मूर्ति ढलेको दृश्य समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार ब्राजिलका विभिन्न सहरहरूमा रहेका हावन स्टोर नजिक यस्ता ‘स्ट्याच्यु अफ लिबर्टी’का प्रतिकृतिहरू स्थापना गरिएका छन्।

Leave A Reply

Your email address will not be published.