मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

25

१० पुस, विराटनगर-
विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका क्रिकेटर मिनष थापाको मृत्यु भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।

प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइन हुँदै गणेशचोकतर्फ जाँदै गर्दा उनले चलाइरहेको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन्।

थापाले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग (PPL) खेलेका थिए।
त्यस्तै, उनले कोशी प्रदेशका तर्फबाट विभिन्न फ्रेन्चाइज तथा घरेलु प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.