विनाशभित्र शान्तिको आशा Kamal Basnet
आगोबाट परेवा: विनाशभित्र शान्तिको आशा
कार्यक्रमको सुरुआतमा कमल बस्नेतले देखाएको सबैभन्दा स्मरणीय जादु थियो — पत्रिका बालेर आगोको लप्काबाट एकाएक परेवा निकाल्नु।
यो दृश्यले दर्शकलाई अचम्ममा पार्यो मात्र होइन, एकप्रकारको सांस्कृतिक र आध्यात्मिक सन्देश दियो — विनाशको बीचबाट पनि जीवन र शान्तिको सम्भावना हुन्छ। खाली बट्टाबाट नोटको वर्षा: कल्पनालाई छोएको चमत्कार
त्यसपछि उनले देखाए अर्को अचम्मको जादु — खाली बट्टाबाट अचानक नोटहरूको वर्षा।
दर्शकहरू आँखा झिम्काउन नपाउँदै बट्टाबाट नोटहरू झरिरहे। त्यो दृश्यमा आश्चर्य त थियो नै, त्यससाथै त्यो नेपालको आर्थिक अवस्थामाथि कल्पनात्मक ठट्टा जस्तै लाग्ने अद्वितीय व्यंग्य पनि थियो। चकलेटको जादु: रमाइलो र आत्मीयता
कमल बस्नेतले एउटा खाली बट्टामा केही नहाली चकलेट बनाउने जादु देखाए र ती चकलेट सिधै दर्शकलाई खुवाए।
बच्चाहरूदेखि वृद्धसम्मले त्यो क्षणलाई केवल स्वादको रूपमा नभई स्मृतिको रूपमा बोके। धाराले पनि चर्चा गर्यो: ‘कम्मल बस्नेत त अब मेलाको आत्मा जस्तै!’ यति मात्र नभई उनले भिविन्न जादुहरु समेत देखाएका थिए रुमाल बाट छडि बनाउने तास गाएब गर्ने , परेवा गाएब गर्ने डोरी लाई सिदा बनाउने एक कलरको फुल लाई भ्विन्न कलर बनाउने खालि ब्याग बाट ब्रा अर्थावा अर्कै आकृतिको कपडा समेत निकालेर चकित बनाएका थिए
कार्यक्रम सकिएपछि स्थानीयहरूबीच यस्तो भनाइ फैलिएको थियो —
“धारा पनि बगिरहँदा भन्छ – कमल बस्नेत नआएको मेला त अधुरो!”
यत्तिसम्म प्रभावशाली थिए उनी, कि स्थानीय धाराले समेत उनको नाम जपेको जस्तो महसुस भयो। मनोवैज्ञानिक प्रभाव र मानवीयता: जादुको गहिरो पक्ष
कमल बस्नेतको प्रस्तुति यतिमै सीमित थिएन। उनी शान्त, सरल, मिलनसार र सबै उमेर समूहका दर्शकसँग घुलमिल हुन जान्ने कलाकार हुन्।
उनको जादुले मानिसलाई केही समय यथार्थ बिर्साएर कल्पनाको संसारमा पुर्याउँछ, तर त्यसैमा जीवनका गहिरा सन्देशहरू पनि छोडेर जान्छ। कमल बस्नेतजस्ता कलाकार आजको समाजमा अत्यावश्यक छन्।
उनले प्रस्तुत गर्ने जादुहरू हाम्रा मनोवैज्ञानिक तनावहरूलाई हल्का बनाउने, सामुदायिक भावना जगाउने, र संस्कृति तथा सिर्जनशीलतालाई जोड्ने माध्यम बन्छन्।
उनको प्रत्येक जादु केवल आश्चर्य होइन, सन्देश पनि हो। 2082 को नयाँ वर्ष ककनीमा केवल सांगीतिक उत्सव मात्र बनेन, त्यो एउटा संवेदनशील सांस्कृतिक आन्दोलनको झल्को बन्यो।
र त्यो झल्कोको केन्द्रमा थिए — कमल बस्नेत, एक जादुगर मात्र होइन, भावना बुन्ने कलाकार ।
कमल बस्नेतले झण्डै ४५ मिनेटसम्म लगातार जादु प्रस्तुत गरे, त्यो पनि कुनै विश्राम बिना। जति समय उनी मञ्चमा थिए, ताली र हाँसोको कमी परेन। हरेक जादु पछि दर्शकहरूले “वा!” भन्दै आश्चर्य प्रकट गर्थे, अनि त्यसपछि सुरु हुन्थ्यो — “Once more! Once more!” को सामूहिक आवाज।
केही क्षण त यस्ता पनि थिए, जहाँ दर्शक आफै मञ्चतिर अघि बढ्दै जादुमा सहभागी हुन उत्साहित देखिन्थे।
उनी केवल जादुगर थिएनन्, त्यो दिनका लागि दर्शकका सपना, रमाइलो र आश्चर्यको केन्द्रबिन्दु बनेका थिए। यति भेला कमल बस्नेत मेला मोहत्सव स्कुलको कार्यक्रम हरुमा बोलाउन आयोजक हरुको होडबाजी चलेको छ