शिक्षा र पूर्वाधारमा ऐतिहासिक सहयोग: ककनीमा सम्पन्न भयो विशेष स्वागत कार्यक्रम

322

ककनीमा सहयोगी स्वागत कार्यक्रम सम्पन्न, विद्यालयलाई सामग्री र पूर्वाधार सहयोगको प्रतिबद्धता नुवाकोट, ककनी– ककनी गाउँपालिका–१ मा आज सहयोगी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा बि.ब्य.स. अध्यक्षले सभापतिको भूमिका निर्वाह गरेका थिए भने अमेरिकाबाट आगन्तुक Mis Marry प्रमुख अतिथिको रूपमा उपस्थित थिइन। कार्यक्रममा ककनी–१ का वडाध्यक्ष, Rotary Club अध्यक्ष, समाजसेवी राजेन्द्र शाक्य, विद्यालयका प्रधानाध्यापक, तथा नुवाकोट खानेपानी विभागका प्रमुख विशेष तथा सम्मानित अतिथिको रूपमा सहभागी भएका थिए। साथै Rotary Club त्रिपुरेश्वरका पदाधिकारीहरू समेत उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका लागि महत्वपूर्ण सहयोग कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि लक्षित विभिन्न सहयोग सामग्री हस्तान्तरण तथा प्रतिबद्धता व्यक्त गरिएको छ।

सहयोगमा समावेश: शिक्षक तालिम कार्यक्रम खेलकुद सामग्री कम्प्युटर २१ थान ट्याब १० थान स्मार्ट बोर्ड ३ थान विद्यालयमा डिजिटल र आधुनिक प्रविधि पहुँच बढाउन यी सामग्रीले महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।

खानेपानी र पूर्वाधार क्षेत्रमा सहकार्य नुवाकोट खानेपानी विभागले ककनी क्षेत्रमा सञ्चालन भइरहेको खानेपानी आयोजनाको धेरैजसो काम पूरा भइसकेको जानकारी गराउँदै बाँकी कार्यमा पनि निरन्तर सहयोग रहने बतायो।

त्यसैगरी, विद्यालयको खेल मैदानमा ब्लक राख्ने सम्बन्धी काममा सहयोग पुर्याउने प्रतिबद्धता समाजसेवी राजेन्द्र शाक्यले कार्यक्रममा सार्वजनिक गरे।

समुदाय–विद्यालय सहकार्यको राम्रो उदाहरण कार्यक्रमका वक्ताहरूले शिक्षा, पूर्वाधार र सामुदायिक विकासका क्षेत्रमा यस किसिमको सहकार्यले ककनी क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। स्थानीय समुदाय, दातृ संघ–संस्था र विद्यालयबीचको यो सहकार्य भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.