३१औं विश्व आदिवासी दिवस : काठमाडौंमा अधिकार र पहिचानको रङीन उत्सव

89

भृकुटीमण्डपमा देशभरका आदिवासी जनजातिको सांस्कृतिक र्याली र सभा

काठमाडौं — आज २०८२ साल साउन २४ गते (अगस्ट ९) काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा ३१औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदैछ। देशका विभिन्न भूभागबाट आएका आदिवासी जनजातिका प्रतिनिधिहरूले परम्परागत पोशाक, गहना, बाजागाजा र नृत्यसहित आफ्नो सांस्कृतिक पहिचानको प्रदर्शनी गरिरहेका छन्।

कार्यक्रममा किरिपाड–४, साल्मी, नुवाकोटबाट आएको संगम छैङ्यु सांस्कृतिक मेला तथा घोडा (टप्पु) नाच प्रदर्शन २०८२ विशेष आकर्षण बनेको छ। उनीहरूले “लोफ हुन बाँकीको ऐतिहासिक छैङ्यु बचाऔं, हाम्रो संस्कृतिका लागि सबै युवा एकजुट होऔं” भन्ने सन्देशसहितको सांस्कृतिक प्रस्तुति दिएका छन्।

त्यसैगरी, नेपाल तामाङ घेदुङको नेतृत्वमा निस्किएको र्यालीले प्राकृतिक स्रोत–साधनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्ने, र UNDRIP तथा ILO-169 महासन्धि कार्यान्वयन गर्नुपर्ने माग राखेको छ। उनीहरूले यस विषयमा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तत्काल लागू गर्न सरकारलाई आग्रह गरेका छन्।

पृष्ठभूमि


संयुक्त राष्ट्रसंघले सन् १९९४ मा प्रत्येक वर्षको अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रूपमा घोषणा गरेको हो। यो दिवसले आदिवासी जनताको अधिकार, सांस्कृतिक संरक्षण र सामाजिक–आर्थिक सशक्तीकरणमा ध्यान केन्द्रित गर्दछ। नेपालमा आदिवासी जनजातिहरूको जनसंख्या करिब ३५ प्रतिशत रहेको तथ्यांक छ।

 

Leave A Reply

Your email address will not be published.