३८ युट्युब च्यानल भ्रामक सामग्री प्रकाशनको आरोपमा कारबाहीमा

17

काठमाडौं, २३ माघ – प्रेस काउन्सिल नेपालले भ्रामक तथा अतिरञ्जित सामग्री सम्प्रेषण गरेको आरोपमा ३८ वटा युट्युब च्यानलविरुद्ध कानुनी कारबाही अघि बढाएको छ।

पछिल्लो समय युट्युब तथा सामाजिक सञ्जालमा सत्यता नबुझी गलत सूचना फैलाउने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। विशेषगरी, कुनै घटनालाई अतिरञ्जित ढंगले प्रस्तुत गर्ने, पीडित व्यक्ति तथा परिवारलाई अनावश्यक तनाव दिने, गोपनीय जानकारी सार्वजनिक गर्ने लगायतका गतिविधि संचार नियमविपरीत रहेको भन्दै काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको हो।

काउन्सिलका अनुसार, पत्रकार आचारसंहिता, सञ्चारसम्बन्धी ऐन तथा साइबर सुरक्षा ऐन उल्लङ्घन गर्ने युट्युब च्यानलहरूलाई कारबाहीको दायरामा ल्याइएको छ। यसअन्तर्गत, ३८ वटा युट्युब च्यानलविरुद्ध प्रारम्भिक अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिल नेपालले युट्युब च्यानल सञ्चालकहरूलाई पत्रकारिताका न्यूनतम मापदण्ड पूरा गर्न आग्रह गर्दै यस्ता गलत प्रवृत्तिहरू नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ।

थप जानकारीका लागि प्रेस काउन्सिल नेपालको आधिकारिक वेबसाइट वा सम्पर्क सूत्रमार्फत जानकारी लिन सकिनेछ।

Leave A Reply

Your email address will not be published.