ककनीमा सहकारी सुधारको पहल: ५९ मध्ये १२ मात्र सक्रिय, बाँकीको भविष्य अन्योलमा

46

नुवाकोट – ककनी गाऊँपालीका सामाजिक बिकास शाखा  जिल्ला सहकारी संघ ककनी गा.पा. समन्वय उप समीतिको सहयोगमा सहकारी संस्थाको पदाधीकारीहरूलाई एक दिने क्षमता विकास तालीम सम्पन्न गरीएको छ । ककनी गाऊँपालीकाको उपाध्क्षय मिठ्ठु माया लामाको प्रमुख आतित्थ्यतामा ऊक्त कार्यक्रम सुरु गरीएको थियो ।

कार्यक्रमामा सहकारी ऐन, २०७४ मा संशोधन, सहकारी संस्थाहरुको वर्तमान अवस्था, तहगत रुपमा सहकारी संस्थाको विवरण, संस्था वा संघको वर्गिकरण, नयाँ थपिएका ऐन लगायताका कानुनि कुराहरु बारे अधिवक्ता रबिन्द्र काप्रीले प्रष्टयाउनु भएको थियो । कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत खम्ब राज राईले ककनी गाउँपालीकाको सहकारी ऐन २०७५ को अनुसार स्थानिय तहले गर्न पाउने अधिकार, छानबिन गर्न सक्ने अधिकार सम्बन्धी जानकारी दिनुभएको थियो । सामाजिक विकास शाखाका वरिष्ठ अधिकृत सुनिल आचार्यले सहकारी सिद्धान्त र व्यवहार , नेपालमा सहकारीको अवस्था, ककनी गाउँपालीकामा सहकारीको अवस्था, समस्या ,चुनौती, समस्या आउनुको कारण बारे प्रष्टयाउनुभएको थियो । साथै ककनीमा भएका ५९ वटा सहकारी मध्य १२/१३ वटा सहकारी मात्रै अधावधीक रहेको र बाँकी सहकारीहरु नाम मात्रैको भएको हुँदा उक्त सहकारीहरूलाई सक्रिय बनाउन के कस्तो भुमिका निभुनुपर्ने हो सो बारे स्थानिय तहले निती तथा कार्यविधी बनाई अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ । ककनी गाउँपालीकामा पनी केही वडाहरूका सहकारी बाट ठगीमा परेका सहकारीका सदस्यहरूको न्यायीक समितीमा उजुरी परेको हुँदा स्थानिय तहले निती निर्माण तयार गरी कार्याविधी बनाई ठगी गरी भगी जाने सहाकारीहारुको पहिचान गरी गाउपालीकाको दायरामा ल्यानुपर्ने कार्यक्रमका प्रमुख अतीथी मिठ्ठु माया लामाले बताउनु भएको छ ।

सबै वडामा भएका सबै प्रकारका सहकारीहरुको पहिचहान गरी सक्रिय वा क्रियाशील सहकारीहरू बाहेक अन्य सहकारीहरु लाई संचालनमा ल्याउने, मर्ज गर्ने या खारेजि गर्ने के कस्तो काम कारवाहि गर्न सकिन्छ सो को अनुगमन गरी प्रकृया अनुसार काम गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । ककनी गाउँपालिकामा रहेका सबै ५९ वटै सहकारीहरुलाई सकृय बनाई उत्पादनमुखि बनाउनुपर्ने वडाअध्क्षयहरु बताऊनुहुन्छ । ककनी कृषिमा आधारीत भएका कारण कृषि सहकारीबाट किसानहरूको बचत तथा लगानीलाई प्रथमिकता दिनुपर्ने, वचतकर्ताको वचत कसरी फिर्ता गर्ने नियमन गर्ने, वचतको नाममा रकम हिनामिना गरीएका सहकारीहरू भए वडाले नै गाऊँपालिकाको दायरामा ल्याउनुपर्ने, सहकारीहरूले वचत उठाउने र उठाएको रकमबाट ऋण प्रवाह बाहेक अरू उत्पादन मुलक काम गर्न नसकेको, प्रत्यक्ष किसानहरूसँग जोडेर कृषि तथा दुग्धजन्य सहकारीलाई सकृय गरुनुपर्ने, चेतनाको कमीका कारण सहकारीहरू निष्कृय भएको वडा अध्यक्षहरू बताउँछन् ।

जिल्ला सहकारी संघ उपसमिती ककनी गा.पा.का संयोजक उत्तम घिमिरे बताउँछन् सहकारीहरूलाई कानुन विपरित कुनै पनि कार्य गर्न नहुने र ऐन नियम मा रहि काम गर्नु पर्छ । स्थानियले निती तथा बजेट तयार गर्नुपर्ने, सन्चालनमा रहेका सहकारीहरुले सकृय वा निस्कृय जुन सुकै अवस्थाको भएता पनि साधारण सभा गरीएको प्रतीवेदन बुझाउनुपर्ने, निस्कृय सहकारीहरूलाई संचालन गर्न नसक्दा मर्ज वा खारेजि गर्ने प्रक्रियामा जानुपर्ने बताउनुहुन्छ ।

 

समाचार :- पुण्य प्रभा ढुंगाना

Leave A Reply

Your email address will not be published.