“जनताले शासन मागे, नेताले भाषण दिए” “सिंहदरबार जनता लागि खुल्यो, तर गेटमै ‘सम्भ्रान्त’ लेखिएको छ”
“जनताले शासन मागे, नेताले भाषण दिए”
लोकतन्त्र आयो भन्दै माइक बलियो बनाइयो, तर माइकको अगाडि जनता अझै कराइरहेका छन्।
“सिंहदरबार जनता लागि खुल्यो, तर गेटमै ‘सम्भ्रान्त’ लेखिएको छ”
संविधानको ३५४ पन्ना भए पनि गरिबको भागमा दुई थान लाइन र तीन थान टेन्सन!
“राजाले हात झारे, नेताहरूले ढाड चढे”
२०६३ को आन्दोलनले राजा हटायो, तर कुर्सीहरू फेरिए पनि सोच पुरानै छ।
“लोकतन्त्र आयो – कुरा गर्न पाइने, सुन्ने भने कोही छैन”
प्रेस स्वतन्त्र छ, तर प्रश्न सोध्दा ‘देशद्रोही’ बनाइन्छ।
“आज लोकतन्त्र दिवस – नेताहरू फूल अर्पण गर्दैछन्, जनता फुल्ने आशा गर्दैछन्!”
आश्वासनको खेती राम्रै चलेको छ – मलपानी माग्नेलाई ‘विरोधी’ भनिन्छ!
तर फेरि पनि लोकतन्त्र नै छ, जहाँ
जनताले प्रश्न गर्न सक्छन्,
सडकमा उत्रन सक्छन्,
र फेरि फेरि नेताहरूलाई सम्झाउन सक्छन्—
देश हाम्रै हो, खोस्न दिँदैनौं।
🎉 शुभ लोकतन्त्र दिवस!
✊ न झुकिन्छ, न रोकिन्छ।