१४औं काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तेक्वान्डो प्रतियोगिता तारकेश्वरमा सम्पन्न
— ककनी मिडिया, तारकेश्वर
तारकेश्वर नगरपालिकामा सम्पन्न १४औं काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तेक्वान्डो प्रतियोगिता–२०८२ भव्यतापूर्वक सम्पन्न भएको छ। काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा तारकेश्वर नगरपालिकामा आयोजित यस प्रतियोगितामा जिल्लाभरिका तेक्वान्डो खेलाडीहरूले सहभागिता जनाएका थिए।
समापन समारोहमा काठमाडौँ जिल्ला खेलकुद समिति अध्यक्ष श्री भाइकृष्ण बलामीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर सृजना बुर्लाकोटी अर्याल, शिक्षा शाखा प्रमुख पदम खत्री, खेलकुद विकास समिति अध्यक्ष, काठमाडौँ जिल्ला खेलकुद विकास समिति अध्यक्ष तथा संयोजक विक्रम खड्गी, तारकेश्वर नगरपालिका शिक्षा समिति सदस्य तथा सभापति श्री राजेन्द्र प्रसाद तिमिल्सिना, Prarambha World School की प्रिन्सिपल कल्पना ज्ञवाली तथा अध्यक्ष विनोद चापागाईं, सहसंयोजक रामकुमार ठकुरी, तेक्वान्डो खेल संयोजक फिरोज श्रेष्ठ, TD बिकेश बिडारी, जूरी अर्जुन भट्टराई, जूरी राजेन्द्र डंगोल, प्रशिक्षक श्याम थापा र ककनी मिडिया संयोजक व. नारायण श्रेष्ठ अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा बोल्दै उपमेयर सृजना बुर्लाकोटी अर्यालले तेक्वान्डो खेलमार्फत युवाहरूमा अनुशासन, आत्मबल र राष्ट्रप्रेमको भावना विकास हुने उल्लेख गर्दै सम्पूर्ण खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले तारकेश्वर नगरपालिकाका तर्फबाट खेल क्षेत्रको निरन्तर प्रवर्द्धन र प्रोत्साहनका लागि प्रतिबद्धता पनि व्यक्त गरिन्।
यसै अवसरमा, विशेष कामको शृंखलाका कारण कार्यक्रममै उपस्थित हुन नसकेका तारकेश्वर नगरपालिकाका प्रमुख (मेयर) कृष्णहरि महर्जनको तर्फबाट पनि उपमेयर अर्यालले शुभकामना सन्देश प्रस्तुत गरेकी थिइन्। मेयर महर्जनले खेलाडीहरूको उत्साह, संघर्ष र उपलब्धिप्रति बधाई ज्ञापन गर्दै भविष्यमा अझ राम्रो प्रदर्शनको कामना गरेको सन्देश पठाएका थिए।
प्रतियोगिताका प्रमुख नतिजा:
⛳ Poomsae Male Individual:
🥇 बिवस तामाङ – तारकेश्वर (First)
🥈 रिजन मुक्तान – चन्द्रागिरी (Second)
🥉 सरोज तामाङ – तारकेश्वर (Third)
🥉 रोहन बस्नेत – चन्द्रागिरी (Third)
🥋 Poomsae Female Individual:
🥇 कुठीजता शेर्पा – तारकेश्वर (First)
🥈 कृतिका थापा मगर – तारकेश्वर (Second)
🥉 खुसी जोशी – टोखा (Third)
🥉 निधिमा श्रेष्ठ – चन्द्रागिरी (Third)
यस प्रतियोगिताले स्थानीय स्तरमा तेक्वान्डो खेलको विकासमा सकारात्मक प्रभाव पारेको र युवा पुस्तालाई खेलप्रति अभिप्रेरित गरेको आयोजकहरूले जनाएका छन्।