शिवरात्रीको लागि नेपालमै बन्यो बलिउड स्तरको शिव ताण्डव म्युजिक भिडियो

264

हिन्दूहरूको महान पर्व महाशिवरात्रीको अवसरमा नेपालमै निर्माण गरिएको बलिउड स्तरको शिव ताण्डव म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। यस म्युजिक भिडियोका निर्माता रूपक लोहनी हुन् भने निर्देशन तथा अभिनय कलाकार सुनिल क्षेत्रीले गरेका छन्। भजनमा गायक अशोक पाण्डेको शक्तिशाली स्वर रहेको छ।


यो शिव ताण्डव म्युजिक भिडियोको मुख्य विशेषता भनेको संसारभर रहेका हिन्दू सनातन धर्मावलम्बीहरूलाई एकै भावनात्मक सूत्रमा बाँध्ने प्रयास हो। भिडियोमा नेपालका चर्चित धार्मिक क्षेत्रहरू, ऐतिहासिक मठ–मन्दिर तथा पवित्र तीर्थस्थलहरूलाई प्राथमिकताका साथ समेटिएको छ। नेपाली म्युजिक भिडियोको इतिहासमै धार्मिक स्थलहरूलाई मात्र केन्द्रमा राखेर बनाइएको सबैभन्दा ठूलो परियोजनाका रूपमा यसलाई हेरिएको छ।

नेपालमै पहिलोपटक संस्कृत र नेपाली दुवै भाषामा शिव ताण्डव स्तोत्रम निर्माण गरिएको यो म्युजिक भिडियो ठूलो लगानीका साथ तयार गरिएको हो। दृश्य, संगीत, शब्द र अभिनयको सन्तुलित संयोजनले दर्शक तथा शिवभक्तहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
सार्वजनिक भएसँगै यो शिव ताण्डव म्युजिक भिडियोले धार्मिक, सांस्कृतिक र कलात्मक दृष्टिले नेपाली म्युजिक उद्योगमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.