GSR Official प्रस्तुत : अशोक पाण्डेको नयाँ नेपाली शिव भजन “रम्ता जोगी (कैलाशका राजा)” सार्वजनिक

152

काठमाडौं – धार्मिक संगीतप्रेमीहरूका लागि विशेष अवसर बनेको छ। GSR Official युट्युब च्यानलमार्फत प्रसिद्ध गायक अशोक पाण्डे द्वारा नयाँ नेपाली शिव भजन “राम्ता जोगी (कैलाशका राजा)” सार्वजनिक भएको छ। यो भजन शिवरात्रि विशेषमा भक्तजनका लागि उपलब्ध गराइएको छ।

भजनमा अशोक पाण्डेको स्वरले श्रोतामाझ आध्यात्मिक ऊर्जा प्रवाह गराएको छ। गीतका शब्द तथा संगीत पनि अशोक पाण्डे आफैंले सिर्जना गरेका हुन् भने नारायण डंगाल ले संगीतको व्यवस्थापन गरेका छन्। रेकर्डिङ र मिक्सिङ चन्द्र चौधरी ले गरेका छन्। सम्पूर्ण रेकर्डिङ Acoustic Studio मा सम्पन्न भएको हो।

विशेषताका साथ, यो भजन रुपक लोहानीको लगानी र उत्पादनमा तयार गरिएको हो। रुपक लोहानी केवल लगानीकर्तामा सीमित नभई एक सक्रिय समाजसेवी पनि हुन्, जसले धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएका छन्। उनको नेतृत्व र समर्पणले सम्पूर्ण टिमलाई उच्च गुणस्तरीय संगीत तथा भिडियो प्रस्तुति तयार पार्न प्रेरित गरेको छ।

भजनको भिडियोमा कलाकार रुपक लोहानी, रुपक पाण्डे, प्रकाश भट्ट र भरत पाण्डे ले अभिनय गरेका छन्। निर्देशन अशोक पाण्डेले गरेका हुन् भने छायांकन विकास घिमिरे र अंकित भट्ट ले गरेका छन्। सम्पादन र कलरिङ पनि विकास घिमिरेले गरेका छन्।

भजनको सफल निर्माणमा रुपक लोहानीको लगानी, समाजसेवी दृष्टिकोण र सांस्कृतिक समर्पण विशेष योगदान भएको छ, जसले नेपाली धार्मिक संगीत र सांस्कृतिक प्रस्तुति दुवैलाई नयाँ उचाइमा पुर्‍याएको छ।

विशेष धन्यवाद ज्ञापन गरिएको छ गणेश लोहानी, सरस्वती लोहानी, जनार्दन पाण्डे, साथै विभिन्न मन्दिर परिवारहरू—पुम्दिकोट, मुक्तिनाथ, लुम्बिनी, देवघाट, उत्तरबहिनी, गलेश्वर—ले सहयोग पुर्‍याएका छन्।

भक्तजनहरूले यो भजन GSR Official युट्युब च्यानल मार्फत सुन्न र हेर्न सक्नेछन्।

#शिवभजन #राम्ताजोगी #कैलाशकाराजा #अशोकपाण्डे #रुपकलोहानी #समाजसेवी #शिवरात्रि

Leave A Reply

Your email address will not be published.