UNPTS ककनीमा ए.पी.एफ. महिला फुटबल टिमलाई सम्मान: राष्ट्रका खेलाडीहरूलाई ट्रयाकसुट र उत्साह”
UNPTS ककनी, नुवाकोटले नेपाल ए.पी.एफ.क्लबका महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान तथा ट्रयाक्सुट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा नेपाल ए.पी.एफ.क्लबका महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान तथा ट्रयाक्सुट वितरण गरिएको छ ।
कार्यक्रममा शिक्षालयका समादेशक राजेन्द्र खड्काले राष्ट्रिय टिममा समेत सशस्त्र प्रहरी बल, नेपालको नेपाल ए.पी.एफ.क्लबका महिला फुटबल टिमका अधिकाशं खेलाडीहरु सहभागी हुने, फौजी संगठनमा आबद्ब खेलाडीहरुलाई कदापी पनि हार्ने छुट नहुने र सदैब सकरात्मक नतिजाको लागि खेलाडीहरुले खेल प्रर्दशन गर्नुपर्ने विषयमा जोड दिनु भएको थियो । सोही सन्दर्भमा प्रशिक्षक तथा खेलाडीहरुलाई नव वर्ष २०८२ को शुभकामना समेत दिनु भएको थियो ।
खेलमा हुने प्रतिष्प्रधा र नवित्तम चुनौतीहरुलाई नतिजामूलक र अब्बल प्रदर्शन गर्न तथा दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बढी भन्दा बढी पदक हाँसिल गर्ने उदेश्य सहित खेलाडी तथा प्रशिक्षकहरुलाई थप प्रोत्साहन उत्साहित गरी व्यवसायिकता अभिबृद्धि गर्नका निमित्त प्रभु महालक्ष्मी लाईफ ईन्स्युरेन्सको सहयोगमा उक्त ट्रयाक्सुट वितरण गरिएको शिक्षालय ककनीका स.प्र. निरीक्षक नविन खतिवडाले जानकारी दिनुभएको छ ।
त्यसै गरी सम्मान तथा ट्रयाकसुट सहयोगी प्रभु महालक्ष्मी लाईफ ईन्स्युरेन्सका तालिम प्रमुख डा.योगेन्द्र खतिवडाले २०८१ सालमा उपलब्धी प्राप्त गरी सम्मानित भए जस्तै आगामी वर्षहरुमा समेत सकारात्मक नतिजा प्राप्त गर्न ढुकढुक होइन ढुक्क हुनुहोस भनी नेपाल ए.पी.एफ. क्लबका महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षकहरुलाई हौसला प्रदान गर्नु भएको छ ।
समाचार :- पुण्य प्रभा ढुंगाना