ककनी वडा नं. १ मा अवैध बंगुर र हाँस फार्मको अनुगमन
ककनी वडा नं. १ मा अवैध बंगुर र हाँस फार्मको अनुगमन
ककनी- मिति २०८१ साल माघ ११ गते, नुवाकोटको ककनी गाउँपालिका वडा नं. १ मा बरिष्ठ शाखा अधिकृत श्री सुनिल आचार्यको संयोजकतामा अवैध रूपमा सञ्चालित बंगुर तथा हाँस फार्महरूको अनुगमन गरिएको छ।
अनुगमनमा सहभागी व्यक्तिहरू:
- श्री सुनिल आचार्य – बरिष्ठ शाखा अधिकृत
- श्री पदम बहादुर श्रेष्ठ – वडा नं. १ अध्यक्ष
- श्री रूपक थापा – प्रहरी प्रमुख, कागती गाउँ
- श्री दुर्गा श्रेष्ठ बलामी – वडा सदस्य
- श्री विनोद प्र. अधिकारी – र. संयोजक
- श्री शारदा वेलवासे – सहायक पाँचौं
- श्री रमित बलामी – ककनी मिडिया संचालक
मुख्य विषयवस्तु:
अनुगमनका क्रममा ख्याउटोल क्षेत्रमा दर्ता र नविकरण नगरिएका बंगुर र हाँस फार्महरू सञ्चालनमा रहेको भेटिएको छ। ती फार्महरूले स्थानीयको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमा असर पुर्याएको गुनासो आएको थियो।
निर्णयहरू:
१. फार्महरूलाई सार्वजनिक सुनुवाइमार्फत मापदण्ड पूरा गरेर दर्ता गराउने व्यवस्था मिलाइने।
२. मापदण्ड पूरा गर्न असफल फार्महरूलाई कानूनअनुसार जरिवाना गरिने तथा बन्द गरिने प्रक्रिया अगाडि बढाइने।
वडा कार्यालयले स्थानीयको स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न ठोस कदम चालेको जनाएको छ।