छुट्टीको दिन पनि मैदानमै मन्त्री बाब्लु गुप्ता लैनचौरको फुटसल मैदानमा युवासँगै खेल्दै ‘कार्यक्रम होइन, व्यवहारबाट सन्देश’

165

काठमाडौं ।
सार्वजनिक बिदाको दिन पनि युवातथा खेलकुद मन्त्री बाब्लु गुप्ता खेलकुदमै सक्रिय।

आज लैनचौरस्थित एनसेल टावर नजिकको फुटसल मैदानमा आफ्नै खेलाडी टोलीसँग फुटबल खेल्दै समय बिताउनु भयो।

औपचारिक कार्यक्रम र भाषणभन्दा फरक, मन्त्री गुप्ता सामान्य पोशाकमै मैदानमा उत्रिएर खेलाडीहरूसँग खुलेर खेल्दै रमाइरहनुभएको दृश्यले उपस्थितहरूलाई उत्साहित बनाएको थियो।

राजनीतिक पदमा रहेकाहरू प्रायः मञ्चमै सीमित रहने परम्पराभन्दा फरक ढंगले उहाँ मैदानमै देखिनु भएको हो।

खेलपछि छोटो प्रतिक्रिया दिँदै मन्त्री गुप्ताले युवालाई शारीरिक रूपमा सक्रिय रहन खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

> “स्वस्थ युवा नै समृद्ध राष्ट्रको आधार हो। त्यसका लागि खेलकुदलाई जीवनशैलीको हिस्सा बनाउनु जरुरी छ,”

उहाँले भन्नुभयो। उहाँको यो सक्रियताले पछिल्लो समय युवामाझ सकारात्मक सन्देश दिएको टिप्पणी हुन थालेको छ।

अघिल्ला धेरै नेताहरूले खेलकुदलाई कार्यक्रम, ब्यानर र भाषणमै सीमित राखेको आरोप लाग्दै आएको बेला मन्त्री गुप्ताको व्यवहारिक सहभागितालाई फरक र उदाहरणीय मानिएको छ।

मैदानमै खेलाडीहरूसँग घुलमिल हुँदै खेल्नु, उनीहरूको कुरा सुन्नु र खेलकुदको महत्व व्यवहारमै देखाउनु उहाँको नेतृत्व शैलीको विशेषता बनेको सहभागीहरूको भनाइ छ।

यसले युवामैत्री सोच र सरल स्वभाव झल्किएको उनीहरू बताउँछन्।

युवातथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री बाब्लु गुप्ता खेलकुद पूर्वाधार, युवा सहभागिता र सक्रिय जीवनशैलीलाई प्राथमिकतामा राख्दै आएका छन्।

आजको फुटसल खेल पनि त्यही सोचको निरन्तरता भएको विश्लेषण गरिएको छ।

Leave A Reply

Your email address will not be published.