जेनजी आन्दोलनपछि नख्खु कारागारबाट फरार ८४ कैदीबन्दी अझै सम्पर्कविहीन

7

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ८४ जना अझै पनि सम्पर्कमा आएका छैनन्। गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भएर सजाय भोगिरहेका १ हजार २८० जना कैदीबन्दी फरार भएका थिए।

कारागार प्रशासनका अनुसार तीमध्ये करिब ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन्, भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन्।

नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजी कार्य निरन्तर जारी छ।
उनले भने, “फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र होइन, मुलुकबाहिरसम्म पनि भइरहेको छ। कानुनअनुसार सबैलाई कारागार फर्काउने अभियानमा हामी सक्रिय छौँ।”

यसअघि कारागार विभागले तोकेको समयसीमा अनुसार असोज २० गतेसम्म नफर्कने कैदीबन्दीमाथि कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको थियो।

फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न उनका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम र सरोकार भएका सबै पक्षलाई सहकार्य गर्न कारागार प्रशासनले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.