झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा

197

प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ । शुक्रबार सम्म काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो र फोटो सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानल कारबाहीमा परेका छन् ।

५१ वटा युट्युब च्यानलमध्ये १५ वटा युट्युबले साम्रगी हटाउन काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि थप कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार भएको छ । यस्तै १६ वटा युट्युब च्यानलले भने काउन्सिलले मौखिक निर्देशन दिएपछि क्षमायाचनासहित सामग्री हटाएका छन् ।

काउन्सिलले ११ वटा युट्यु्ब च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका त्यस्ता सामग्री हटाउन भनेकोमा ७ वटाले सामग्री हटाइ क्षमायाचना सहितको जवाफ पठाएका छन् ।
केही दिन अघि काउन्सिलले झापा घटनाका विषयमा विज्ञप्ति जारी गरी आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण नगर्न र सम्प्रेषित सामग्री हटाउन भनेको थियो । त्यसयता ६ वटा युट्युब च्यानलले काउन्सिलमा उपस्थित भइ क्षमायाचना गरेका छन् भने ७ वटा युट्युब च्यानलले विज्ञप्तिका आधारमा भूलसुधार गरेका छन् ।

Leave A Reply

Your email address will not be published.