दार्जिलिङमा प्रशान्त तामाङको शवयात्रा, आजै अन्त्येष्टि

134

गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीरको दार्जिलिङमा भावुक वातावरणबीच शवयात्रा भइरहेको छ। उनको अन्तिम दर्शनका लागि दार्जिलिङका विभिन्न स्थानमा ठूलो संख्यामा प्रशंसकहरूको सहभागिता देखिएको छ।

शव राखिएको गाडीमा प्रशंसकहरूले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धासुमन व्यक्त गरिरहेका छन्। “प्रशान्त अमर रहून्” भन्ने नारासहित भावुक प्रशंसकहरूको आँसु र मौनताले दार्जिलिङ शोकमय बनेको छ।

गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) सरकारको पहलमा, तामाङको पार्थिव शरीर आज बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङ ल्याइएको हो। शवयात्रापछि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई

स्थानीय चौरस्तामा राखिने कार्यक्रम रहेको छ।

प्रशान्तका निकट मित्र तथा कलाकार राजेश घतानीका अनुसार, चौरस्तामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि आजै दार्जिलिङमै उनको अन्त्येष्टि गरिनेछ

प्रशान्त तामाङको असामयिक निधनले सिङ्गो नेपाली संगीत तथा चलचित्र क्षेत्रलाई शोकमा डुबाएको छ। उनी नहुँदा पनि उनका स्वर, उनका गीत र सम्झनाहरू सधैँ अमर रहनेछन्।

Leave A Reply

Your email address will not be published.