भोलि ६ घण्टा बत्ती बन्द

251

नुवाकोटका तीन गाउँपालिकामा भोलि ६ घण्टा बत्ती बन्द नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले भोलि शनिबार नुवाकोटका तीन गाउँपालिकामा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। लिखु, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा कात्तिक २९ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म करिब ६ घण्टा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको हो।

देवीघाट–चौघडा ३३ केभी प्रसारण लाइनमा बस कटिङ तथा आवश्यक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले विद्युत रोक्नुपरेको प्राधिकरणले जनाएको छ। तोकिएको समयमै काम पूरा भएमा निर्धारित समयभन्दा छिट्टै लाइन सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ।

विद्युत अवरुद्धका कारण उपभोक्तामा पर्न सक्ने संभावित असुविधाप्रति क्षमायाचना गर्दै नुवाकोट वितरण केन्द्रले वैकल्पिक तयारी गर्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.