महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको संरक्षणमाथि प्रश्न

50

 

काठमाडौँ –

१६-१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाई उन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।

यस्तो गम्भीर नैतिक र कानुनी प्रश्न उठिसक्दा पनि सुशीला कार्कीले अझै ती व्यक्तिलाई संरक्षण गरेर राख्नुको कारण के हो ? भन्ने प्रश्न जेन्जी अगुवा रवि किरण हमालले सार्वजनिक रूपमा उठाएका छन्।

यसअघि नै हमालले उक्त प्रकरणमा तत्काल महान्यायाधिवक्तालाई बर्खास्त गर्न माग गरिसकेका थिए। उनका अनुसार मानवअधिकार, सुशासन र बाल संरक्षणका मुद्दामा दोहोरो मापदण्ड अपनाइएको आशंका बढ्दो छ।

उक्त घटनाक्रमले राज्यका उच्च निकायभित्रको जवाफदेहिता, नैतिकता र कानूनको शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

Leave A Reply

Your email address will not be published.