राप्रपा नेपाल जेन्जी फ्रन्ट काठमाडौं जिल्ला भेला : कमल थापाद्वारा संगठन विस्तारका लागि स्पष्ट निर्देशन
काठमाडौं — राप्रपा नेपाल जेन्जी फ्रन्टको काठमाडौं जिल्ला स्तरीय भेला आज राजधानीमा सम्पन्न भयो। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहे। थापाले जेन्जी फ्रन्टलाई “राष्ट्रिय राजनीति, राष्ट्रवाद र वैचारिक सबलीकरण” का लागि अत्यन्त महत्वपूर्ण संगठनात्मक संरचना भन्दै देशभर संगठन विस्तारको स्पष्ट राजनीतिक निर्देशन दिएका छन्।

कार्यक्रममा पार्टीका सहायक महामन्त्री राजकुमार खड्काको सभापतित्व रहेको थियो।
उनले जेन्जी संरचना युवाहरू तथा देशभक्त पुस्तालाई स्पष्ट दिशानिर्देशसहित मुख्य धारा राजनीतिमा सक्रिय बनाउने उद्देश्यका साथ अघि बढाइएकाले “संगठित र अनुशासित राजनीतिक युवा शक्ति अब राप्रपा नेपालमार्फत देशभर फैलिनुपर्ने” धारणा राखे।

आजको भेलाले अनिल परियारलाई राप्रपा नेपाल जेन्जी फ्रन्ट काठमाडौं जिल्ला अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ।
जिल्ला फ्रन्टले २१ सदस्यीय कार्यसमिति गठन गरेको छ, जसमा विभिन्न वडासहितका स्थानीय संरचनाबाट प्रतिनिधित्व समेटिएको छ।

अध्यक्षमा चयन भएका परियारले आफ्नो प्राथमिकता स्पष्ट गर्दै भने—
“काठमाडौंबाटै संगठनलाई मजबुत बनाउँदै, नीति–सिद्धान्तमा अडिएको जेन्जी आन्दोलनलाई देशभर फैलाउने कार्यमा आफू पूर्ण रूपमा समर्पित रहनेछु।”
अध्यक्ष थापाले कार्यक्रममा तीनवटा मुख्य निर्देशात्मक एजेन्डा प्रस्तुत गरे—
देशका सबै जिल्लामा जेन्जी फ्रन्टको द्रुत विस्तार
– काठमाडौं मोडल बनेर अन्य जिल्लाहरूमा पनि संगठन विस्तारको गति बढाउनुपर्ने स्पष्ट आदेश।
युवा पुस्तालाई राष्ट्रहित, स्वच्छ राजनीति र कार्यदिवशीय कार्यक्रमसँग जोड्ने
– बाहिर देखिने भीडभन्दा ‘विचार, संगठन र कार्यदिशा’ बलियो बनाउनु पर्ने जोड।
जमिएकोअसन्तुष्टि, भ्रष्टाचार विरोध, र राष्ट्रवादको आवाज जेन्जीमार्फत उठाउने
– राप्रपा नेपालले प्रस्तुत गर्दै आएको वैचारिक पहिचानलाई युवामार्फत ‘प्रत्यक्ष जनसंपर्क अभियान’मा रूपान्तरण गर्ने निर्देश।
थापाले भने,
“जेन्जी फ्रन्ट केवल संगठन होइन, यो हाम्रो राजनीतिक भविष्यको मेरुदण्ड हो। देशभक्ति र बदलिँदो राजनीतिक चेतनालाई एउटै मञ्चमा उभ्याउने शक्ति यही हो।”

आजको भेलाले काठमाडौँलाई जेन्जी फ्रन्टको संगठन विस्तारको ‘आधार मोडेल’ बनाउने निर्णय पनि सार्वजनिक गर्यो।
भेलामा सहभागी नेताहरूका अनुसार—
काठमाडौंको संरचनाले देखाएको अनुशासन, सक्रियता र सदस्यता विस्तार अभियान।
र जेन्जी फ्रन्टले उठाइरहेका राष्ट्रिय मुद्दाप्रतिको जनसमर्थन
जेन्जीहरुको माग पुरा नभएसम्म चुनाव हुनुको कुनै औचित्य नहुने समेत बताएका छन्