०० रुपैयाँभन्दा ठूला भारतीय नोट नेपालमा चल्ने
काठमाडौँ — अब १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चलनचल्तीमा आउने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नेपालमा चल्न दिने निर्णय गरेको हो।
यसअघि भारत सरकारले करिब दुई साताअघि नेपाल र भुटानमा प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट ल्याउन र लैजान अनुमति दिएको थियो। भारत सरकारको उक्त निर्णयलाई आधार मान्दै नेपाल सरकारले पनि ती दरका नोट नेपालभित्र प्रयोग गर्न दिने निर्णय गरेको हो।
सरकारको यस निर्णयले नेपाल–भारत सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन तथा जनजीवनमा सहजता आउने अपेक्षा गरिएको छ।