ककनी/काठमाडौं
१०–१२ वर्षदेखि रोकिएको पासाङ ल्हामु राजमार्ग (NH 18) को निर्माण अन्ततः अघि बढ्दैछ। तर राहत दिने प्रतिक्षा पाल्ने स्थानीयको आँखामै भित्री गुणस्तर, प्राविधिक मापदण्ड र Lab Test जस्ता मूल विषयमा गम्भीर बेथिति खुलेको छ।

स्थानीय अवलोकनका अनुसार प्लाम वाल (retaining wall) भित्र आवश्यक कम्प्याक्सन र graded materials को साटो ठूला–ठूला ढुङ्गा मात्रै थुपारिएको छ। बाहिर मात्र मसला लगाएर “ठिक्क देखिने” बनाइएको छ, जसले वाललाई टिकाउनु पर्ने वास्तविक क्षमता कमजोर बनाएको छ।
पिचको भित्री संरचना पनि उस्तै छ। Base र Sub-base को मोटाइ मानकभन्दा आधा, कम्प्याक्सन लगभग नगन्य, र bitumen तरल–पातलो। स्थानीयको भाषामा—
“मूनिर माटो, सतहमा अलिअलि ग्राभेल, अनि माथिबाट सीधै कालेपाटे।”
यो शैलीमा बनेको पिच केही महिनामै उठ्ने, चिरिने र खाल्डा पर्ने निश्चित मानिएको छ।
सबैभन्दा गम्भीर प्रश्न Lab Test प्राविधिकको कागज र मैदानबीचको फरक हो।

कागजी रिपोर्टमा—
✔ ९५% कम्प्याक्सन
✔ ग्रेडेड एग्रिगेट
✔ मानक bitumen
✔ लेयर मोटाइ मिलेको
तर मैदानमा—
✘ जसपस ढुङ्गा–ढिस्को
✘ कम्प्याक्सन लगभग शून्य
✘ पातलो bitumen
✘ आधा मात्र मोटाइ
यही कारण स्थानीयले टिप्पणी गरेका छन्—
“काम कागजमा चिटिक्क, मैदानमा झनै खत्तम।”

इन्जिनियरले स्थलमै हेर्नुपर्ने compaction test, layer-wise thickness, bitumen temperature, core sample जस्ता आधारभूत कुरामा अनुगमन कमजोर देखिएको छ। कम्पनीतर्फ material report र QC report सार्वजनिक नगर्नु, अनुभवी सुपरवाइजर नहुनु र निरीक्षणमा आएको टोलीलाई टार्ने व्यवहारले शंका अझै गाढा बनाएको छ।
स्थानीयको दुःख सरल छ—
“१२ वर्ष पर्खियौँ, अब आएर फेरि पुरानै बेथिति दोहोरिए भने यो सडक टिक्दैन।”
पासाङ ल्हामु राजमार्गको निर्माण अघि बढ्नु सकारात्मक भए पनि भित्री गुणस्तर कमजोर, परीक्षण कागजमै सीमित र काम देखाउन मात्रै चलाइएको गति ले परियोजना दीगो नबन्ने संकेत स्पष्ट देखिन्छ।
काकनी मिडिया यसै विषयमा थप प्राविधिक प्रमाण र प्रतिकृयासहित विस्तृत विवरण तयार गर्दैछ।