सरकारका महत्त्वपूर्ण निर्णय सार्वजनिक, सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक प्रतिस्पर्धामा प्रवेशको अनुमति

76

काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। उक्त निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने जनाइएको छ।

यस निर्णयसँगै सुरक्षण मुद्रण केन्द्रले अब सरकारी कार्यमा मात्र सीमित नरही खुला बजारमा प्रतिस्पर्धात्मक रूपमा आफ्ना सेवा तथा उत्पादन विस्तार गर्न सक्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले भन्सार नियमावली २०८३ लाई स्वीकृति दिएको छ। नयाँ नियमावलीमार्फत भन्सार प्रशासनलाई थप व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउने विश्वास सरकारको रहेको छ।

यस्तै, बैठकले सशस्त्र प्रहरी बलतर्फ महत्वपूर्ण नियुक्ति गर्दै नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजी) पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

सरकारका यी निर्णयहरू प्रशासनिक सुधार, आर्थिक गतिविधिको विस्तार तथा सुरक्षा निकायको नेतृत्व सुदृढीकरणतर्फ केन्द्रित रहेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.