स्नातक तहका लागि नेपालकै पहिलो PIN आधारित छात्रवृत्ति कार्यक्रम
Bachelor पढ्न चाहनेका लागि ठूलो अवसर

काठमाडौं – वात्सल्य सदन र Creating Opportunitiesको संयुक्त पहलमा नेपालमै पहिलो पटक PIN (Performance, Impact & Need) मा आधारित स्नातक तह (Bachelor) छात्रवृत्ति तथा फेलोसिप कार्यक्रम ‘प्रोजेक्ट अवसर’ चाँडै घोषणा हुने भएको छ। यस कार्यक्रममार्फत पहिलो चरणमै नेपालभरका ५० वा सोभन्दा बढी जेहेन्दार तथा योग्य विद्यार्थीहरूलाई समेट्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। ‘प्रोजेक्ट अवसर’ केवल आर्थिक सहयोगमा सीमित नभई, सहभागी विद्यार्थीहरूलाई मेन्टरसिप (मार्गदर्शन), सीप विकास तालिम तथा आजीवन फेलोसिप सञ्जाल (Lifelong Fellowship Network) जस्ता अवसरहरू पनि उपलब्ध गराइनेछ। कार्यक्रमले प्रतिभाशाली तर आर्थिक, सामाजिक वा अन्य चुनौतीका कारण पछाडि परेका विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूको शैक्षिक र व्यावसायिक यात्रालाई सशक्त बनाउने विश्वास लिइएको छ। आवेदन प्रक्रिया चाँडै खुल्ने जानकारी दिँदै आयोजकले इच्छुक विद्यार्थी तथा सरोकारवालाहरूलाई समयमै जानकारीका लागि जोडिन अनुरोध गरेको छ। थप जानकारी, सोधपुछ वा साझेदारीका लागि:
९८४४४४०९६४ / ९८०८०६८८७०
projectawasar7@gmail.com