ककनीमा उज्यालो नेपाल पार्टीको विशेष कार्यक्रम: कुलमान घिसिङको उपस्थितिमा हुँदै

110

नुवाकोट- ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ को सपना बोकेको उज्यालो नेपाल पार्टीले भोलि, असार ५ गते, नुवाकोटको ककनीमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ।

ककनी गाउँपालिका समितिद्वारा आयोजित ‘पार्टी प्रवेश एवं गाउँपालिका समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम’ मा राष्ट्रिय व्यक्तित्व कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ।

पार्टीका स्थानीय नेताहरूका अनुसार, यस कार्यक्रममा अन्य दल परित्याग गरी ठूलो संख्यामा स्थानीय कार्यकर्ताहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने तयारी छ। कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई स्वागत गर्नुका साथै पार्टीको आगामी कार्यदिशा र नीतिबारे गहन प्रशिक्षण दिइनेछ।

कार्यक्रममा सहभागी हुन सबैमा हार्दिक निमन्त्रणा:

स्थान: तारा गाउँ होटल, ककनी हाइट

मिति: २०८३ असार ५ गते (भोलि)

समय: बिहान १०:०० बजे

उज्यालो नेपाल पार्टीको ककनी गाउँपालिका समितिले यस ऐतिहासिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन सम्पूर्ण शुभेच्छुक, स्थानीयवासी तथा सञ्चारकर्मीहरूमा हार्दिक अपिल गरेको छ। ककनीको विकास र उज्यालो अभियानमा जोडिन इच्छुक सम्पूर्णलाई यस अवसरमा सहभागी हुन आयोजकले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.